१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सामाजिक सुरक्षा दिवस मनाइयो 

काठमाडौँ — काठमाडौंका विभिन्न कलेजमा सामाजिक कार्य विषय पढिरहेका विद्यार्थी र कलेजहरुले ‘विश्व सामाजिक कार्य दिवस २०१८’ मनाएका छन् । 

‘दिगो समुदाय र वातावरणको प्रवद्र्धन’ भन्ने मूल नाराकासाथ काठमाडौंमा रहेको गोल्डेन गेट कलेज, केएनके कलेज, वर्न हर्ट कलेज लगायतका ६१ कलेजले संयुक्त रुपमा दिवस मनाएका हुन् ।


सामाजिक कार्य विषय अध्ययन अध्यापन गराउने व्यक्ति र स‌ंस्थाहरुको एकिकृत पहलमा यस विषयको पेशागत मूल्य मान्यता पहिचान गराउन सम्मेलन आयोजना गरेको आयोजक कमिटीका प्रवक्ता सुदिप लामाले बताए ।


किर्तीपुरस्थित स्मृति भवनमा भएको सम्मेलनमा प्रमुख अतिथि राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवाले देश बनाउने सपना बुन्नुपर्नेमा जोड दिए ।


त्रिविका प्राध्यापक डा.टिकाराम गौतमले विश्वविद्यालयले सरकासग समन्वय गरि सामाजिक कार्यलाई पेसागत रुपमा विकास गर्नुपर्ने बताए ।


प्रकाशित : चैत्र ७, २०७४ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?