१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘प्रेसभन्दा माथि सरकार छैन’

काठमाडौँ — नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसभन्दा माथि सरकार नभएको बताएका छन् । नेपाल पत्रकार महासंघले बुधबार मन्त्री बाँस्कोटालाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनले ‘सञ्चारजगत् लोकतन्त्रको पहरेदार भएकाले प्रेसभन्दा माथि सरकार हुन नसक्ने’ बताए ।

‘प्रेसभन्दा माथि सरकार छैन’

मन्त्री बाँस्कोटाले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका लागि पनि सरोकारवालासँग छलफल गरी अघि बढ्ने धारणा राखे । उनले पत्रकारको न्यूनतम पारिश्रमिकलाई समयानुकूल बनाउन सरकार प्रतिबद्ध रहेको दाबी गरे ।


नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकार ऐन तथा समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अझै पनि स्वनियन्त्रणको खतरा रहेको भन्दै त्यस्ता खालका नियम कानुनलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । महासंघका उपाध्यक्ष विपुल पोखरेलले समाचार लेखेकै कारण पत्रकारले अझै पनि धम्की तथा आक्रमणजस्ता घटनाको सामना गर्नुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राज्यमन्त्री बाँस्कोटालाई आग्रह गरे ।

प्रकाशित : चैत्र ७, २०७४ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?