३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मुख्य न्यायधिवक्ताको शपथ

रासस

हेटौंडा — पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई बिहीबार यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् ।

सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी थिए ।


मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते प्रदेश सभाको मुख्य न्यायधिवक्तामा नियुक्ति गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७४ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?