कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोपाल पराजुली विरुद्ध दर्ता गर्न खोजिएको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौँ — निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध दर्ता गर्न खोजिएको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । 

गोपाल पराजुली विरुद्ध दर्ता गर्न खोजिएको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन झिकाउन आदेश

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदक मनोज अधिकारीको निवेदन दर्ता नगर्नुको कारण उल्लेख भएको प्रतिवेदन पेश गर्न आदेश दिएको हो । अधिकारीको निवेदनमा प्रमाणको अभाव भएको भन्दै सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।


वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई फोनबाटै 'मार्छु' भनी धम्क्याउने प्रधानन्यायाधीशको व्यवहारले अदालतको अवहेलना भएको भन्दै अधिकारीले उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको प्रयास गरिरहेका छन् ।

प्रकाशित : चैत्र ८, २०७४ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?