२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दोहोरो कर प्रणाली हटाउन परराष्ट्रमन्त्रीलाई बीएनसीसीको ध्यानाकर्षण

काठमाडौँ — बेलायती व्यवसायीहरुले नेपालमा लगानी गर्ने वातावरण बनाउनेबारे ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स(बीएनसीसी)का अध्यक्ष राजन कँडेलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित भेटवार्ता गरेका छन् ।

दोहोरो कर प्रणाली हटाउन परराष्ट्रमन्त्रीलाई बीएनसीसीको ध्यानाकर्षण

बेलायती व्यवसायीहरुले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेको तर नेपालको वातावरण लगानीमैत्री नभएको चर्चा चलिरहेका बेला ब्रिटेन चेम्बरका अध्यक्ष कँडेल र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता भएको हो ।


परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तमा बेलायती कम्पनीहरुलाई नेपालमा लगानी गर्दा लाग्ने दोहोरो कर प्रणाली हटाउनेबारे पनि छलफल भएको ब्रिटेन–नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजन कँडेलले बताए । नेपालमा बेलायती लगानी बढाउनेबारे परराष्ट्रमन्त्री सकारात्मक भइको कँडेलले बताए । कँडेलले मन्त्री ज्ञवालीलाई बेलायत भ्रमणको निम्तो समेत गरेका छन् ।


नेपाल र बेलायतबीच मैत्रीपूर्ण एवम् कूटनीतिक सम्बन्ध भए पनि नेपालमा लगानीमैत्री वातावरण बन्न नसकेकोप्रति धेरै व्ययसायीले चिन्ता व्यक्त गर्दै आएका छन् । मूलत: नेपालको राजनीतिक अस्थिरताका कारण पनि लगानीकर्ताहरु नेपालमा लगानी गर्न हिचकिउँदै आएका छन् ।


प्रकाशित : चैत्र ९, २०७४ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?