पीजे क्लवमा नयाँ कार्यसमिति, विकास कार्की अध्यक्ष चयन

काठमाडौँ — फोटो जर्नलिस्ट क्लब (पीजे क्लब) को शनिबार सम्पन्न नवौं साधारण सभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

पीजे क्लवमा नयाँ कार्यसमिति, विकास कार्की अध्यक्ष चयन

साधारणसभाले अध्यक्षमा विकास कार्की, उपाध्यक्षमा केशव थोकर तामाङ, महासचिवमा श्रुति श्रेष्ठ, कोषाध्यक्षमा द्वारिका काफ्ले र सचिवमा ज्ञानेन्द्र कार्की चयन भएका छन् । सदस्यहरुमा हेमन्त श्रेष्ठ, विकास द्वारे, विक्रम राई, प्रकाशचन्द्र तिमिल्सेना, शंकर व्यञ्जनकार र अमुल थापा चुनिए ।


२०६० सालमा स्थापित पीजे क्लब नेपालमा कार्यरत फोटोपत्रकारहरुका हकहितका लागि क्रियाशील संस्था हो । क्लबले फोटोपत्रकारिता सम्बन्धी विभिन्न कार्यक्रम, तालिम, कार्यशाला, गोष्ठी, अन्तर्क्रिया सञ्चालन गर्दै आइरहेको छ ।


नेपालकै ठूलो फोटो प्रतियोगिताको रुपमा चिनिने ‘नेपाल फोटो कन्टेस्ट’ शीर्षकमा फोटो प्रतियोगिता आयोजना गर्दै आएको छ । पीजे क्लबमा ७० भन्दा बढी फोटो पत्रकार सदस्य छन् ।


प्रकाशित : चैत्र १०, २०७४ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?