कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सुर्ती चुरोट बोक्नेलाई स्वास्थ्य मन्त्रालयको गेट बन्द !

भिषा काफ्ले

काठमाडौँ — तपाईंको सुर्ती चुरोट खाने बानी छ ? चौबिसै घण्टा सुर्तीजन्य पदार्थ गोजीमा बोक्नुहुन्छ ? यदि त्यस्तो बानी छ र स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ तपाईंलाई मन्त्रालयको गेट नै बन्द हुनेछ ।

सुर्ती चुरोट बोक्नेलाई स्वास्थ्य मन्त्रालयको गेट बन्द !

सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन कडाइ गर्नकोलागि प्रमुख नियमनकारी निकायको रुपमा रहेको स्वास्थ्य मन्त्रालयबाटै सुरुवाती चरणमा सुर्तीजन्य पदार्थ बोकेर आउनेलाई निशेध गर्ने तयारी गरेको हो ।


सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र सो एनलाई कार्वन्वयन गर्नै बनेको निर्देशिकाले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण रोक लगाएको छ । तर कानुनमा भएको सो कानुन कार्यन्वयन नभएकोले आफ्नै मन्त्रालयबाटै कार्यन्वयन सुरु गर्न लागिएको स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यलले बताइन् । सो नियमलाई कडाइ गर्न मन्त्रालय छिर्ने गेटमा नै सुरक्षाकर्मीबाट सोधपुछ गर्ने र खानतलासी सम्मको अधिकार दिइएको छ । ‘ऐन नियमलाई कार्यनवयन गर्न सुरुवात आफैंबाट गर्नुपर्छ भन्ने मान्यताका साथ मन्त्रालयबाटै कार्यन्वयन सुरु गर्न लागिएको हो,’ उनले भनिन्, ‘मन्त्रालय छिर्ने गेटमानै जाँच हुन्छ, सुर्तीजन्य पदार्थ बोकेर भित्र पस्ने अनुमति हुँदैन ।’


मन्त्रालयको कार्यभार समालेपछि पहिलोपटक पत्रकार सम्मेलन गरेकी मन्त्री अर्यालले साना साना कुराबाट सुधारको पहल थाल्ने बताइन् । देश संघीयताको नयाँ चरणमा भएको हुँदा काम गर्न केही अलमल भइहेको समेत बताइन् । ती अलमललाई चिर्न प्रदेशस्तरीय मन्त्रीहरुसँग छलफलको तयारी गरेको उनको भनाइ छ । ‘स्थानीय तह, प्रदेश सरकारमा स्वास्थ्य सेवा प्रवाहमा केही समस्याहरु देखिएका छन्,’ उनले भनिन्, ‘ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर प्रदेशमा रहेका सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छलफलको तयारी गरिरहेका छौं ।’


स्वास्थ्य सेवा प्रत्येक व्यक्तिसँग प्रत्यक्ष जोडिएको हुँदा यसलाई प्रभावकारी बनाउन आफू लागि पर्ने उनको भनाई थियो । ‘जनताले सेवालाई छिटो, छरितो बनाउन अनुगमनलाई तीव्रता दिनेछ ,’ पत्रकार सम्मेलनमा उनले भनिन् ।


स्वास्थ्य सचिव डा पुष्पा चौधरीले संघीयता कार्यन्वयनकोलागि मन्त्रालयले नयाँ संरचना बनाउने काम अन्तिम चरणमा पुगेको बताइन् । उनले केही दिनमा नै संरचनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताइन् । उनले सबै क्षेत्रलाई समेट्नेगरी संरचना तयार पारिएको समेत जानकारी दिइन् ।


प्रकाशित : चैत्र १२, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?