६ वर्षीया बालिकालाई गोबर खुवाइयो

ठाकुरसिंह थारु

नेपालगन्ज — पानी तान्ने मोटर बिगारेको भन्दै छ वर्षीया बालिकालाई रांगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । 

६ वर्षीया बालिकालाई गोबर खुवाइयो

कोहलपुर नगरपालिका ४ की ५० वर्षीया गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ । परियारलाई कोहलपुर ईलाका प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी नायब उपरीक्षक (डिएसपी) यज्ञप्रसाद भट्टराईका अनुसार परियारमाथि मुद्दा चलाइएको छ । घरको आंगनमा खेलिरहेकी सरिताले मोटर बिगारेको आक्रोसमा परियारले गोबर खुवाएर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पीडक र पीडित छिमेकी हुन् ।


बालिका सरिता सोमबार साँझ गीताको आंगनमा खेल्न गएकी थिइन् । पानी तान्ने मोटर नचलेपछि गीताले बालिकामाथि आरोप लगाएकी हुन् ।

प्रकाशित : चैत्र १३, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?