कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रधानमन्त्रीले गरे विदेशी राजदूतहरुलाई सामूहिक 'ब्रिफिङ' (पूर्ण पाठसहित)

दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले सरकारको भावी योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्रीले गरे विदेशी राजदूतहरुलाई सामूहिक 'ब्रिफिङ' (पूर्ण पाठसहित)

परराष्ट्र मन्त्रालयले संयोजन गरेको उक्त कार्यक्रममा सुरुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसंग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको बताएका थिए ।

त्यसपछि प्रधानमन्त्रीले सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गरेका थिए ।


युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन प्रति असन्तुष्ट रहेका प्रधानमन्त्रीले पहिलोपटक सामुहिक ब्रिफिङ गरे पनि ब्रिफिङमा सो विषयलाई भने उठाएनन् ।

प्रधानमन्त्री ओलीले राजदूत तथा विदेशी नियोगका प्रतिनिधि र विकास साझेदारहरुलाई नेपालमा सबै तहको निर्वाचन सम्पन्न भइ संविधान कार्यान्वयनको नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा सबैको साथ र सहयोगले मात्र नेपालको विकास सम्भव भएको बताएका थिए । उनले नेपाल सबै विकास साझेदारहरुसंग हातेमालो गरेर विकासको पथमा अघि बढ्न चाहेको र त्यसमा सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।

ब्रिफिङको पूर्ण पाठ :

प्रकाशित : चैत्र १३, २०७४ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?