कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भैरवीको रथ लच्याङवासीले नबोक्ने

नुवाकोट — पराम्परागत रूपमा शक्तिशाली देवी नुवाकोट भैरवीको खट (रथ) बोक्दै आएका लच्याङका गुठियारले गत वर्षझैं यसपटक पनि खट नबोक्ने भएका छन् ।

शनिबार वैशाख शुक्लपूर्णिमाको अवसरमा विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम भैरवी थानमा मेला सुरु हुँदै छ । शुक्रबार बेलुका धार्मिक विधिअनुसार बूढी भैरवी र भैरवी थानमा लिंगो ठडयाउने परम्परा छ ।

शनिबार दिउँसो भैरवीको मुकुटलाई खटमा राखेर पूजाविधि गर्दै धामी र धमिनीसहित विदुुर नगरपालिका ५ स्थित बहिनी जालपादेवी मन्दिर जाने चलन छ । सूर्यगढी गाउँपालिका १ लच्याङका गुठियार लच्याङवासीले पुर्खौंदेखि खट बोक्दै आएका थिए ।

गत वर्षझैं यस पटक पनि उनीहरूले आफ्नो नाममा जग्गा धनीपुर्जा नपाएको र आफ्नो धर्म पनि नभएको भन्दै खट नबोक्ने जनाएका हुन् । ‘हामी बोक्न दिँदैनौ,’ सूर्यगढी गाउँपालिका १ का वडा अध्यक्ष इमानसिं तामाङले भने, ‘हाम्रो धर्म बौद्ध हो । हामीलाई तत्कालीन शासकले जबरजस्ती बोक्न लगाएका हुन् । वर्षांैदेखि हामी पिल्सिएका छौँ ।’

यता नुवाकोट दरबार मौला अमालका प्रमुख तथा द्वारे महेन्द्रकुमार शाहीले गुठीमा रहेका लच्याङवासीको हकहितका लागि जग्गा रैतानी गर्न लागिपरेको बताए । ‘गुठीको मुद्दा सर्वोच्च अदालतमा छ,’ उनले भने, ‘वर्षौंदेखिको परम्परा हो । उनीहरूले नै रथ बोक्दै आएका थिए ।’

हाल सूर्यगढी गाउँपालिका १ भएको साविक लच्याङगाविस दुई वडाबाहेक सबै भैरवी गुठीमा छन् । लच्याङमा ५ जना गुठियारले मिलेर गाउँका सबैलाई भेला परेर भैरवीको रथ बोक्दै आएका थिए । लच्याङका गुठियार रहेका सानुबाबु तामाङले भने, ‘पुर्खादेखि रथ बोक्दै आइयो ।’

प्रकाशित : चैत्र १४, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?