३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन सख्त घाइते

डिल्लीराम खतिवडा

गाईघाट, उदयपुर — बुधबार बिहान सिद्धिचरण लोकर्माग अन्तर्गत कटारी घुर्मी खण्डको गहुबारीमा आज बिहान ट्यांकर दुर्घटना हुदाँ चालकसहित दुईको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । 

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन सख्त घाइते

कटारीबाट डिजेल बोकेर घुर्मी तर्फ जाँदै गरेको ना ६ ख ३२३१ नम्वरको ट्याकर कटारी नगरपालिका–११ गहुँबारीमा दुर्घटना हुदाँ बाराको अमलेखगंज घर भएका चालक २३ वर्षीय पूर्णबहादुर खनाल र सहचालक मकवानपुरको लामाटारका ३१ वर्षीय सरोज मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी निरिक्षक मनप्रसाद श्रेष्ठले बताए । दुर्घटनामा परेर अन्य ३ जना सख्त घाइते छन् ।


घाइते हुनेमा भक्तपुरका २४ वर्षीय सुवास तमाङ, बारा निजगढका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घाइतेको कटारी अस्पतालमा उपचार गरेर थप उपचारको लागि बाहिर पठाउने तयारी भइरहेको छ ।


ट्यांकर सडकबाट करिव हजार मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित : चैत्र १४, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?