१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बस दुर्घटनामा १० घाइते, १ को मृत्यु

लालप्रसाद शर्मा

पोखरा — पोखराबाट नारायणघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका १० जना उपचार भइरहेकाे छ भने एकजनाको मृत्यु भएकाे छ ।

बस दुर्घटनामा १० घाइते, १ को मृत्यु

लम्जुङ धमिलीकुवाका ४० वर्षिय सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।


ना५ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौंडास्थित प्रस्तावित बसपार्क क्षेत्रमा पृथ्वी राजमार्गबाट करीव ४० फिट तल खसेको छ ।


तीव्र गतिका कारण अनियन्त्रित भई बस सडकबाट खसेको अनुमान प्रहरीको छ । बसमा २५/३० जना यात्रु रहेको अनुमान गरिएको डाँडाको नाक प्रहरी चौकीका प्रमुख डिएसपी गोविन्द पुरीले बताए । उनका अनुसार घाइतेलाई पोखराका विभिन्न अस्पतालमा पठाइएको छ ।


घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । केही बेरअघिमात्रै घटना भएकाले विस्तृत जानकारी आउन बाँकी छ ।

प्रकाशित : चैत्र १४, २०७४ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?