कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किमको चीन भ्रमण सकारात्मक- ट्रम्प

रासस/सिन्ह्वा

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भनेका छन् । 

किमको चीन भ्रमण सकारात्मक- ट्रम्प

ट्रम्पले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए ।


उनले आफ्नो ट्वीट अकाउन्टमा भनेका छन् , ‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि ठीक हुन्छ भन्ने बारेमा बुझ्नुहुने छ र त्यही गर्नुहुने छ ।’


त्यसैगरी बुधबार एक प्रेस ब्रिफिङ्का क्रममा ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुँदै गएको जानकारी दिएका थिए ।


दक्षिण कोरियाको समर्थन


उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ ।


दक्षिण कोरियाको विदेश मन्त्रालयले किमको चीन भ्रमणको स्वागत गरेको विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।


उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम बनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस विषयमा सार्वजनिक गरेका छन् ।


चीन उत्तर कोरियाको निकटको देश मात्र नभएर प्रमुख आर्थिक सहयोगी राष्ट्र पनि हो । त्यसैले उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग भेटवार्ता गर्नुअघि चीनसँग सल्लाह गर्नसक्ने सम्भावना रहेको बताइएको थियो ।

प्रकाशित : चैत्र १५, २०७४ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?