ओली २३ गते भारत भ्रमणमा जाने

दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चैत २३–२५ सम्म भारत भ्रमणमा जाने भएका छन् । पराराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीन दिने भ्रमणका जान लागेका हुन् । 

ओली २३ गते भारत भ्रमणमा जाने

ओलीले भ्रमणका क्रममा उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको आयोजना हुने कार्यक्रममा भाग लिने छन् ।


प्रधानमन्त्रीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्यसहित मन्त्री, सांसद, सचिवहरु र उच्च सरकारी अधिकारीहरु रहेछन् । भ्रमण टोलीको को–को हुन्छन् भन्ने व्यक्तिको औपचारिक नाम भने तय भइसकेको छैन । परराष्ट्र र अर्थमन्त्री भने जानेछन् ।


तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु, समकक्षी मोदीसँग भेट गर्नेछन् । उनीहरुँंग प्रधानमन्त्री ओलीले दुईपक्षीय हितका विषयमा धारणा राख्नेछन् । भारतीय वरिष्ठ मन्त्रीहरुले नेपालका प्रधानमन्त्री ओलीसँग छुट्टै भेटवार्ता गर्नेछन् ।


भ्रमणको उद्देश्य के ?

पहिलो प्रधानमन्त्रीत्वकालमा चिसिएको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ प्रधामन्त्री ओली भारत जान लागेका हुन् । यसै साता एक सार्वजनिक कार्यक्रममा सम्बन्ध सुधारकै लागि भारत जान लागेको औपचारिक रुपमा बताएका थिए ।


संविधान जारी भएकोमा असन्तुटि जनाउँदै भारतले नाकाबन्दी गरेपछि ओली नेतृत्वको विगतको सरकारसँग सम्बन्ध चिसिएको थियो ।


त्यसबेलाको भ्रमणका क्रममा नेपालमा संविधान जारी भएको विषयमा भारतले स्वागत गर्न समेत कन्जुस्याईं गरेपछि द्विपक्षीय वक्तव्य समेत जारी भएको थिएन ।


स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै तहका चुनावमा एमाले नेतृत्वका बाम गठबन्धन शक्तिशाली रुपमा उदाएपछि भारतीय पक्षले ओलीसँग सम्बन्ध सुधारेर जान चाहेको थियो । त्यसकै लागि माहौल बनाउन भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणमा आएकी थिइन् । स्वराजको भ्रमण एमालेको निमन्त्रणामा भएको थियो ।


दुवै छिमेकीसँग सम्बन्ध राम्रो बनाएपछि मात्र आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने ठानेका ओलीले दोस्रोपटक प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण भारत नै गर्न लागेका हुन् ।


यसपटकको उनको यो भ्रमण दिल्ली केन्द्रित हुनेछ । विगत सञ्चालन भइरहेको आयोजनाहरुको समीक्षा र नयाँ शिराबाट द्विपक्षीय सम्बन्ध सुधारको पहल हुने प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।


प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिको पूर्णपाठ

प्रकाशित : चैत्र १६, २०७४ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?