कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमती हत्या गर्ने पक्राउ

काठमाडौँ — काठमाडौं नैकापमा श्रीमतीलाई छुरा प्रहार गरी हत्या पछि फरार रहेका प्रकाश तामाङलाई महानगरीय प्रहरीको अपराध महाशाखा टोलीले पक्राउ गरेको छ ।  

तामाङलाई शनिबार बिहान ३ बजे धदिङ गोगन गल्छी गाँउपलिका–८ बाट पक्राउ गरेको अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए ।

२१ वर्षीय तामाङले श्रीमान्सँग झगडा परेर ३ महिनादेखि आफ्नी दिदीको घरमा बस्दै आएकी २३ वर्षीया श्रीमती रमिता तामाङको शनिबार दिउँसाे छुरा प्रहार गरी हत्या गरेका थिए ।

प्रकाशित : चैत्र १७, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?