१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

छिट्टै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पूरा गरिने बताएका छन् । 

छिट्टै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधानमन्त्रीको भनाइ

गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको शनिबार उदघाटन गर्दै उनले सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने बताएका हुन् ।

त्यस अवसरमा उनले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशनसमेत दिएका छन् । भ्रष्टाचार, कुशासनजस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस् ।’ प्रधानमन्त्री ओलीले पूर्वाधार, विद्युत्, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

स्थानीय तह सफल भएमात्र देश सफल हुने उनको भनाइ थियो । राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री ओलीले, ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभूति गर्ने गरी तपाईहरुले काम गर्नुहोस् ।’ सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेको उल्लेख गर्दै उनले सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए ।

प्रकाशित : चैत्र १७, २०७४ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?