१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ओलीको भारत भ्रमण टोलीमा राजेश हमाल

ओली भारतीय कलाकारहरूसँग पनि भेटघाट गर्ने
सुरेशराज न्यौपाने

नयाँ दिल्ली — प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् । 

ओलीको भारत भ्रमण टोलीमा राजेश हमाल

ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल । स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको हुनसक्ने स्रोतले बतायो ।


प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार प्रम ओलीले भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने आज साँझसम्म लाग्नेछ ।


प्रकाशित : चैत्र १९, २०७४ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?