कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य सेवा विभागको निर्देशकमा डा.लोहनी

स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा हेरफेर 
अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा सोमवार डा.गुणराज लोहनी नियुक्त भएका छन् ।

डा.लोहनीलाइ स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले मन्त्री स्तरीय निर्णयबाट नियुक्त गरेकी हुन् । यस अघि उनि राष्ट्रिय विमा बोर्डका कार्यकारी निर्देशक थिए ।


स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको अनुसार विमा बोर्डको निर्देशकमा डा.कृष्ण गिरीलाइ पठाइएको छ भने स्वास्थ्य मन्त्रालयको योजना महाशाखाको प्रमुखमा महेन्द्र श्रेष्ठलाइ ल्याइएको छ ।


इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको रिक्त रहेको निर्देशक पदमा डा.केदार सेन्चुरीलाई नियुक्त गरिएको छ । मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुखमा डा.दिपेन्द्र रमण सिंहलाई पठाइएको छ ।


परिवार स्वास्थ्य महाशाखाको प्रमुखमा डा.तारा पोखरेल र व्यवस्थापन महाशाखाको प्रमुखमा डा.विकास देवकोटाको जिम्मेवारी दिइएको छ । मन्त्रालयको अनुगमन महाशाखाको जिम्मेवारी डा.भिमसिंह तिंकरीलाइ दिइएको छ ।


यसैबीच स्वास्थ्य मन्त्रालयले जिल्लाहरुमा औषधि खरिद गर्न २५ करोड रुपैयाँको अतिरिक्त बजेटलाई उपयोग गर्न अख्तियारी समेत पठाउने भएको छ ।


डा.चौधरीका अनुसार स्थानीय तहबाट औषधि खरिद गर्न जिल्लालाइ अख्तियारी स्वास्थ्य सेवा विभागका नव नियुक्ति महानिर्देशकले पठाउने छन् ।

प्रकाशित : चैत्र १९, २०७४ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?