कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

छोरी बलात्कारको आरोपमा एक जना पक्राउ

आश गुरुङ

लमजुङ — आफ्नै छोरीमाथि पटक-पटक ‘बलात्कार’ गरेको आरोपमा यहाँका एक युवालाई प्रहरीले पक्रेको छ । छोरीमाथि ‘बलात्कार’ भएको रहस्य खुलेपछि आफ्नै पतिविरुद्ध पत्नीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

छोरी बलात्कारको आरोपमा एक जना पक्राउ

आमाको उजुरीपछि १४ वर्षीया छोरीलाई बलात्कार गर्ने सुन्दरबजार नगरपालिका-४ का ३५ वर्षीया सार्की थरका युवकलाई पक्राउ गरिएको डीएसपी पदमबहादुर विष्टले बताए । उनका अनुसार दुराडाँडा प्रहरी चौकीमा छोरीलाई बुवाले जबर्जस्ती करणी गरेको भन्दै बुधबार बिहान उजुरी दिन आएपछि प्रहरीले ती युवकलाई भाग्दै गरेको अवस्थामा खेतबाट पक्राउ गरेको हो । युवकलाई पक्राउ गरी बुधबार नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।


प्रहरी हिरासतमा रहेका ती युवकले ८ महिनादेखि छोरीलाई पटक-पटक सम्पर्क गरेको स्वीकारेका डीएसपी विष्टले बताए । उनका अनुसार छोरीले आफूमाथि बुवाले पटक–पटक जबर्जस्ती करणी गरेको बताएकी छन् । प्रारम्भिक अनुसन्धानका क्रममा ती युवकले छोरीलाई पछिल्लोपटक फागुन २६ गते करणी गरेको स्वीकारेको उनले बताए । ‘छोरीलाई जबर्जस्ती आफ्नै बुवाले घटनाबारे कसैलाई जानकारी गराएमा ज्यान मार्ने धम्की दिएपछि पीडित किशोरीले कसैलाई भन्न सकेका रहेनछ’ डीएसपी विष्टले भने, ‘हिजो (मंगलबार) अबेर मदिराले मातेर घर पुगेका युवकले छोरीमाथि झम्टिन खोजेपछि घटनाको रहस्य खुलेको हो ।’ आमाले छोरीलाई बुधबार बिहान ललाईफकाई सोधेपछि छोरीले घटनाबारे आमालाई सबै कुरा भनेको र आमाले प्रहरीमा उजुरी दिएको प्रहरीले बताएको छ ।


प्रहरीले पीडित किशोरी र जबर्जस्ती करणी अभियोगमा पक्राउ गरेका युवकको शारीरिक परीक्षण गराएको छ । दुवैको अवस्था सामान्य रहे पनि दुवैले घटना स्वीकारेको प्रहरीले बताएको छ । प्रहरीले ती युवकविरुद्ध जबर्जस्ती करणी ऐन र हाडनातासम्बन्धी महल ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७४ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?