स्वास्थ्यको संगठनात्मक स्वरुप सच्याउन चिकित्सक स‌ंघको माग

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको संगठनात्मक संरचना संशोधन गर्न माग गरेको छ । चिकित्सक (क्लिनिसियन)हरुको भूमिकालाई गौण राख्दै नयाँ संरचना ल्याइएको भन्दै सच्याउन माग गरिएको हो ।

स्वास्थ्यको संगठनात्मक स्वरुप सच्याउन चिकित्सक स‌ंघको माग

‘चिकित्सकको भूमिका गौण राखेर स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको संगठनात्मक संरचनाप्रति हाम्रो तीव्र असहमति छ’, संघका महासचिव डा.लोचन कार्कीले कान्तिपुरसँग भने- ‘यस्तो संरचनामा हामी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्दैनौं ।’ मन्त्रालयले सबै पक्षसँग बृहत् छलफल गरेर संगठनात्मक संरचनामा सुधार नल्याए विरोधमा उत्रन बाध्य हुने समेत संघले चेतावनी दिएको छ ।


धेरै पहिलेदेखि मन्त्रालयसँग संगठनात्मक स्वरुपबारे जानकारी माग्दासमेत कुनै सूचना उपलब्ध नगराएको दाबी गर्दे डा.कार्कीले भने–‘हालको संगठनात्मक स्वरुप (अरगेनोग्राम) कसैलाई थाहा नदिने गरी भित्र–भित्रै तयार पारिएको हो ।’


हालको संगठनात्मक स्वरुपमा जनस्वास्थ्यका विज्ञहरुलाई नै प्रमुखता दिएको आरोप लगाउँदै कार्कीले आगामी दिनमा जनतालाई उपचारात्मक सेवा कसरी दिन सकिन्छ भन्ने चुनौती आएको समेत बताए ।

प्रकाशित : चैत्र २२, २०७४ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?