कार्यवहाक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

काठमाडौँ — कार्यवहाक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री ईश्वर पोखरेललाई दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओली भारतको राजकीय भ्रमणको सिलसिलामा शुक्रबार भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी हुन् ।

कार्यवहाक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।


नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रकाशित : चैत्र २३, २०७४ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?