कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकैपटक ३० सचिवको सरुवा

काठमाडौँ — सरकारले एकैपटक विभिन्न मन्त्रालय र निकायका ३० सचिवलाई सरुवा गरेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो । विभिन्न मन्त्रालय र निकायमा रहेका ४८ सचिवमध्ये एकैपटक ३० जनाको सरुवा गरिएको छ ।

एकैपटक ३० सचिवको सरुवा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृहसचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा र शिक्षा सचिव मधु रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय प्रेमकुमार राई र खगराज बराललाई क्रमश: गृह तथा शिक्षा मन्त्रालयमा सारिएको छ ।


अर्थ सचिव शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा लगिएको छ भने अख्तियार सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयमा र सञ्चार सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ ।


सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियारमा लगिएको छ । रक्षा सचिव विनोद केसीलाई राष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने त्यहाँ योजना आयोगका सचिव विष्णु लम्साललाई ल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका शरदचन्द्र पौडेललाई योजना आयोग लगिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (आपूर्ति) अनिल ठाकुरलाई महिला आयोगमा सारिएको छ ।


पुनर्निर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधारका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा सारिएको छ । ट्रस्टका सचिव अर्जुनकुमार कार्कीलाई पुनर्निर्माण प्राधिकरणमा लगिएको छ ।


युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । वन सचिव युवकध्वज जीसीलाई कृषि मन्त्रालय र त्यहाँका सचिव (पशुपन्छी) विश्वनाथ ओलीलाई वन मन्त्रालय लगिएको छ ।


प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइरालालाई काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृतमा र राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई सूचना आयोगमा सरुवा गरिएको छ । यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालयमा र उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव कृष्णराज बीसीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्रालयका गजेन्द्र ठाकुरलाई शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिवमा सारिएको छ । विज्ञान तथा प्रविधि सचिव सञ्जय शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सारिएको छ ।


सत्तारूढ एमाले र माओवादी केन्द्र तथा तिनका पहुँचवाला नेताका निकट सचिवलाई छानीछानी ‘आकर्षक’ र ‘पावरफुल’ मन्त्रालयमा सरुवा गरिएको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा आकर्षक र पावरफुल मन्त्रालयमा रहेका कांग्रेस र तिनका पहुँचवाला निकट सचिवलाई भने दायित्व कम भएका निकायमा थन्क्याइएको छ ।


शक्तिशाली मन्त्रीहरूले आफ्नो पार्टी निकटमात्र नभई आफूले भनेको हुबहु मान्ने सचिवहरूलाई आफ्नो मन्त्रालयमा ल्याएका छन् । कतिपय मन्त्रीले भने आफ्नो जिल्ला या भेगका सचिवलाई ल्याएका छन् । मन्त्रिपरिषद्ले धेरै सचिवलाई एमाले र माओवादीनिकट कर्मचारी संगठनको सिफारिसमा राम्रा मन्त्रालयमा लगेको समेत स्रोतले उल्लेख गरेको छ ।


कांग्रेसको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र विभिन्न साना निकायमा थन्क्याइएका सचिवहरूले यस पटक आकर्षक मन्त्रालय पाएका छन् ।


को कहाँ ?

विनोद केसी - राष्ट्रपति कार्यालय

शंकरप्रसाद अधिकारी - उपराष्ट्रपति कार्यालय

केदारबहादुर अधिकारी - प्रधानमन्त्री कार्यालय

लालशंकर घिमिरे - प्रधानमन्त्री कार्यालय

लक्ष्मणप्रसाद मैनाली - प्रधानमन्त्रीको कार्यालय

महेन्द्रमान गुरुङ - सूचना तथा सञ्चार प्रविधि मन्त्रालय

मोहनकृष्ण सापकोटा- युवा तथा खेलकुद मन्त्रालय

प्रेमकुमार राई - गृहमन्त्रालय

राजन खनाल - अर्थ मन्त्रालय

महेश्वर न्यौपाने - अख्तियार

देवेन्द्र कार्की - नेपाल ट्रष्टको कार्यालय

अर्जुनकुमार कार्की - राष्ट्रिय पुननिर्माण प्राधिकरण

खगराज बराल - शिक्षा तथा विज्ञान प्रविधि

मधुप्रसाद रेग्मी - सार्वजनिक खरिद अनुगमनको कार्यालय

महेश दाहाल - श्रम तथा रोजगार

मधुसुदन अधिकारी - भौतिक मन्त्रालय

युवकध्वज जिसी - कृषि

विश्वनाथ ओली - वन

अनिल ठाकुर - महिला आयोग

कृष्णराज बिसी - खानेपानी

गजेन्द्रकुमार ठाकुर - शिक्षा तथा विज्ञान प्रविधि

सञ्जय शर्मा - ऊर्जा, जलस्रोत तथा सिँचाइ

शरदचन्द्र पौडेल - राष्ट्रिय योजना आयोग

विष्णुप्रसाद लम्साल - रक्षा

भूपेन्द्रप्रसाद पौडेल - राष्ट्रिय सूचना आयोग

यादवप्रसाद कोइराला - काठमाडौं महानगरपालिका

प्रकाशित : चैत्र २३, २०७४ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?