नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

नयाँ दिल्ली — भारत भ्रमणको पहिलो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उदार अर्थ व्यवस्थाप्रतिको प्रतिबद्धता जनाएका छन् । 

भारतीय उद्योगी र व्यवसायीहरुमा वामगठबन्धन नेतृत्वको वर्तमान नेपाल सरकार उदार व्यवस्थाबाट पछाडि फर्कन्छ भन्ने आशंकातर्फ संकेत गर्दै आफ्नो नेतृत्वको सरकार उदार आर्थिक नीति प्रति प्रतिबद्ध रहेको बताए ।

नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

‘उदार आर्थिक नीतिबाट पछाडि फर्कने कुनै उद्देश्य छैन, त्यसमा हामी प्रतिबद्ध छ, आउनुस्,’ नयाँ दिल्लीमा भएको अन्तर्क्रियामा उनले भने ।


भारतीय लगानीकर्ताहरु विश्वका विभिन्न मुलक जानसक्छन् भने छिमेकमै लगानी गर्न किन नआउने भन्दै प्रधानमन्त्रीले प्रतिप्रश्न गरे । प्रतिफलका हिसाबले समेत नेपाल आकर्षक गन्तव्य रहेको दाबी गरे ।


भारतीय लगानीकर्ताहरुलाई लगानीका लागि नेपालका सबै क्षेत्र खुला रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे । राजनीतिक परिवर्तन संविधान जारी भएर संस्थागत गरिएको र अब नेपालमा सामाजिक, राजनीतिक, संस्कृतिक क्षेत्रमा पनि परिवर्तन आवश्यक रहेको प्रधानमन्त्रीले बताए ।




पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासनप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै लगानीका लागि सबै क्षेत्र खुला रहेको उनको भनाइ थियो । राजनीतिक परिवर्तन संविधान जारी भएर संस्थागत गरिएको र अब नेपालमा सामाजिक, राजनीतिक, संस्कृतिक क्षेत्रमा पनि परिवर्तन आवश्यक रहेको प्रधानमन्त्रीले बताए ।


संसदीको तीन चौथाइ समर्थनसहितको वर्तमान सरकार नीतिगत निरन्तरता र लगानीमैत्री वातावरण बनाउन प्रयासरत रहेको उनले जानकारी दिए । उनले भने ‘स्थायी सरकार भनेको नीतिगत निरन्तरता र लगानीका लागि अनुकूल वातावरण निर्माण हुनु हो ।’ वर्तमान सरकार भ्रटाचारमुक्त प्रशासननीतिमा प्रतिबद्ध रहेको समेत ओलीले बताए ।


कार्यक्रममा भारतीय उद्योगी व्यवसायीहरुले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत व्यवस्था र वातावरणका सम्बन्धमा जिज्ञासा राखेका थिए । साथै नेपाली उद्योगी व्यवसायीहरुले लगानीका क्षेत्रहरु औल्याउँदै अहिले प्रतिफलका हिसाबले लगानीका लागि सबैभन्दा उत्तम र अनुकूल समय भएको जानकारी दिएका थिए ।


कार्यक्रममा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डले वैदेशिक लगानीकर्ता आकर्षित गर्न गरेको कानूनी र नीतिगत सुधार र पहलहरुको जानकारी दिएका थिए ।


यसैबीच प्रधानमन्त्रीलाई भेट्न कंग्रेस आईका अध्यक्ष राहुल गान्धी राष्ट्रपति निवासमा आउने भएका छन् । भेटमा नेपालको वर्तमान राजनीतिक घटनाक्रमबारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।


प्रकाशित : चैत्र २३, २०७४ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?