कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रधानमन्त्रीले दिल्लीमा राजनीतिक भेट सुरु गरे

नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलका नेताहरुलाई भेट गर्दै  राजनीतिक भेटघाट थालेका छन् । वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेटेर उनले आफ्नो भेटघाट आरम्भ गरेका छन् । त्यसलगत्तै उनले राष्ट्रिय कंग्रेसका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता राहुल गान्धी र उनकै दलबाट प्रधानमन्त्री रहिसकेका डा. मनमोहन सिंहसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्रीले दिल्लीमा राजनीतिक भेट सुरु गरे

शुक्रबार दिल्ली आएलगत्तै व्यापारिक समुदायलाई नेपालमा लगानीको बातावरण बनेको र सुरक्षा समेत रहेकाले लगानी गर्न आग्रह गरेपछि राजनीतिक भेटघाट थालेका हुन् ।

वरिष्ठ नेता शरद यादव र विपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहपछि उनले भारतीय अनुसन्धाता तथा विश्लेषण निकाय (रअ)का पूर्व प्रमुख एवी माथुरसँग पनि भेट गरेका छन् । उनले यसअघि राहुलसँग भेटेर प्रतिपक्षी भेटेको सन्देश दिन खोजेको भए पनि यादव पहिले नै राष्ट्रपति भवन आइसकेकाले उनले यादवलाई भेटेका थिए । यादवको दल पनि प्रतिपक्षमा रहेको छ । यद्यपी यादव उनको दल जेडिएबाट कारबाहीमा परेका थिए ।

व्यापारिक समुदायलाई सम्वोधन लगत्तै राष्ट्रपति भवनमा फर्केका उनलाई भेट्न भारतीय कांग्रेसका अध्यक्ष गान्धी आएका हुन् । कंग्रेसको नेतृत्वदायी जिम्मेवारी आमा सोनियाबाट आफ्नोमा आएपछि नेपाली प्रधानमन्त्रीसँग उनले यो पहिलो भेट हो । उनले नेपालमा सम्पन्न निर्वाचन त्यसपछि बनेको सरकारले राजनीतिक स्थायीत्व कायम गर्दै विकास समेत गरेर अघि बढ्ने विश्वास लिएको बताउँदै नेपालमा अनुभवी राजनीतिज्ञहरु रहेको भन्दै पुरानो पुस्ताको प्रशंसा गरेका थिए ।

नेपालबारे आफूले सानैदेखि सुन्ने गरेको प्रसंग समेत झिकेर उनले ओलीसँग निकटता अनुभव गराए । नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना रहेको समेत बताए । छिमेकसँगको सम्बन्धलाई भारतले सधै प्राथमिकता दिने समेत स्पष्ट पारेको ओलीसँग रेहकाहरुले बताए ।

ओलीले पनि उक्त भेटमा आफुले छिमेकलाई राम्रो सम्बन्ध राखेर अघि बढ्न लागेको सन्देश स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले सम्बन्ध दुईपक्षीय हुने हुनाले आफूले त्यस्तो धारणा राख्दै आएको समेत बताएका उनी निकटस्थले जानकारी दिए ।

प्रकाशित : चैत्र २३, २०७४ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?