२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मोदीसँग प्रधानमन्त्रीले गरे झण्डै एक घण्टा 'एक्ला-एक्लै' वार्ता

भेटपछि ओलीले भने, ‘नेपाल र भारतबीच समस्या छैन’

नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच असमझदारी यसअघि नै हटिसकेको बताएका छन् । नयाँ दिल्ली आएकै दिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिव एक घण्टा भन्दा बढि समय एक्ला एक्लै (वान इन वान) भेटेका ओलीले नेपाल र भारतबीच समस्या नभएको बताएका हुन् ।

मोदीसँग प्रधानमन्त्रीले गरे झण्डै एक घण्टा 'एक्ला-एक्लै' वार्ता
मोदीसँग प्रधानमन्त्रीले गरे झण्डै एक घण्टा 'एक्ला-एक्लै' वार्ता
तस्बिरहरु : नरेन्द्र मोदीको ट्विटर

प्रधानमन्त्रीले मोदीलाई भेटेलगत्तै नेपाली दूतावासले उनको सम्मानमा दिएको रात्री भोजमा सरिक हुने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘मेरो उहाँसँग कसरी नेपाल भारत सम्बन्धलाई थप मजबुत बनाउन सकिन्छ भन्नेमा नै छलफल भयो । उहाँ पनि नेपालसँग राम्रो सम्बन्ध राखेर नै भारत अघि बढ्न सक्नेमा स्पष्ट हुनुहुन्थ्यो ।’ नेपाल भारत सम्बन्ध सधैँ मित्र भावमा सबै स्तरमा अघिबढाउन सक्नुपर्नेमा समेत छलफल भएको बताए । नेपाल र भारतबीचको पुरानो र घनिष्ट सम्बन्धलाई कसरी एक अर्कामा परिपुरकको रुपमा नै अघि बढाउने भन्नेमा बढि छलफल भएको उनले बताए । उनले नेपाल र भारतको सम्बन्धले बेला बेलामा समस्या आउने भए पनि समझदारी र छलफलमा नै टुंगोमा पुग्ने गरेको उनले बताए । नेपालको विकसामा भारतको विश्वासिलो साथ, सहयोग र समर्थन हाम्रो चाहना हो भन्दै ओलीले भने, ‘असमझदारी पहिले नै सकिएको ले अब विश्वासको आधारमा सम्बन्ध उचाइमा लैजाने हो ।’ सुरक्षा होस्, या अन्य सम्बन्ध, नेपालबाट भारतले कुनै चिन्ता लिन नपर्ने विषयमा मोदीलाई उनले आश्वस्त पारेको बताइएको छ । मोदीको सरकारी निवास ७ लोक कल्याणमार्गमा भएको भेटवार्तामा नेपालको समृद्धि, शान्ति र विकासमा भारतले खुलेर सहयोग र समर्थन गर्ने प्रतिबद्धता मोदीले नेपाल समकक्षी ओली समक्ष व्यक्त गरेका छन् । नेपालमा भारत विरोधी भावनालाई चिर्न सक्नुपर्ने विषयमा भारत पनि निकै सजक रहेको बताएका उनले आफ्ना निकटस्थलाई शेयर गरेका छन् ।

मोदीसँग प्रधानमन्त्रीले गरे झण्डै एक घण्टा 'एक्ला-एक्लै' वार्ता

नेपालमा संविधान जारी भएर त्यसको केही संशोधनपछि सम्पन्न निर्वाचनलाई भारतले स्वागत गरिसकेको र अब पुराना बिग्रेका विषयलाई विर्सेर अघि बढ्न पर्ने उनले बताए । मोदीले बारम्बार यस्तो भेटमा आफूले पहिलो नेपाल भ्रमण गर्दाको समय जस्तो नेपाल भारत सम्बन्ध बनाउन खोजेको अधिकारीहरुले बताउँदै आएका छन् । ‘प्रधानमन्त्री ओलीलाई भेटेर उत्साहित आभारी छु,’ मोदीले भेटपछि ट्विट गर्दे भनेका छन् । प्रधानमन्त्री मोदी भेटेर फर्केका ओली पनि उत्साहित देखिन्थे । त्यसपछि रात्रीभोजमा नेपाललाई माया गर्ने भारतीय तथा दिल्लीलाई आधार बनाएर नेपाल हेर्ने राजदूतहरुलाई भेट्दै थिए । मोदी भेटेर फर्केका ओलीले झण्डै एक घण्टा उभिएर अन्य कूटनीतिज्ञ तथा बुद्धिजिवीहरुलाई भेटे । ओलीले आफ्नो भेटघाट मुलुकलाई समृद्ध बनाउनेमा नै केन्द्रित र फलदायी भएको बताए । सीमामा हुने सबै खाले समस्या समाधान गर्ने पक्षमा समेत मोदीले धारणा राखेका थिए । भारतीय प्रधानमन्त्री मोदीले नेपालको परियोजनाहरुमा भारतले पनि लगानी गर्न सक्ने भन्दै ठूला परियोजनामा भारतको लगानीकर्ताको चासो रहन सक्ने हुनाले त्यसमा ध्यान दिन समेत आग्रह गरेको बताइएको छ ।

मोदीसँग प्रधानमन्त्रीले गरे झण्डै एक घण्टा 'एक्ला-एक्लै' वार्ता

प्रधानमन्त्री ओली र मोदीबीच शनिबार औपाचारिक भेटवार्ता हुने र तीन विषयमा भारतीय तर्फबाट घोषणा हुने भएको छ । जलमार्गमा जहाज, वीरगन्ज काठमाडौं रेलमार्ग र कृषिमा आधुनिकीकरणमा सहयोग घोषणा हुने भन्दै यसको अन्तिम तयारीमा नेपाली पक्ष जुटेका छन् । यसमा सम्झौता होइन एक प्रकारको समझदारी अर्थात भारतीय पक्षबाट सहयोगको घोषणा हुने बताइएको छ । शनिबार नै मोदी र ओलीले संयुक्त रुपमा भारतीय सहयोगमा निर्माण भएको वीरगन्जको एकीकृत भन्सार जाँच चौकी दिल्लीमा बटम थिचेर उदघाटन गर्नेछन् । भारतीय प्रस्तावमा हुन लागेको अरुण तेस्रोको उदघाटन भने नेपाली पक्षले नमानेपछि रोकिएको छ । त्यसको लागि पछि मोदी नै नेपाल आएर गर्ने समझदारी भएको कूटनीतिक स्रोतले बताएको छ ।

प्रकाशित : चैत्र २३, २०७४ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?