कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अहिले हुरी आउनु अघिको सन्नाटा छाएको मात्र हो : गोकर्ण विष्ट

भिषा काफ्ले

काठमाडौँ — श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अबका केही हप्ताभित्र नै जनताले प्रत्यक्ष महसुस हुने खालको प्रतिफल दिनेगरी आफूले काम गरिरहेको बताएका छन् । 

अहिले हुरी आउनु अघिको सन्नाटा छाएको मात्र हो : गोकर्ण विष्ट

शनिवार नेकपा एमाले धनकुटा काठमाडौं सम्पर्क मन्चले आयोजना गरेको राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले बाहिर केही नगरी बसेको जस्तो देखिएता पनि केही दिनमै महसुस हुने किसिमको काम गर्न आफू लागिरहेको जानकारी दिए । ‘यो तुफान आउनु अगाडि देखिने सन्नाटाको अवस्था हो,’ उनले भने ‘त्यो हुरी ल्याउन हामी प्रतिघण्टा सय किलोमिटरको दौडको लागि तयारी गरिरहेका छौं ।’


श्राम तथा रोजगार मन्त्रालयमा ३० औं वर्षदेखिका वेथितिले थिलथिलो बनाएको बताउँदै त्यसलाई एउटा प्रणालीमा ल्याउन केही समय लाग्ने बताए । ‘तीस वर्षदेखि थुप्रिएको फोहोर छ,’ उनले भने ‘ त्यो फोहोरलाई सफा गर्न केही समय लाग्छ, त्यसका लागि तपाईंहरुले केही महिना भने पर्खनुपर्छ ।’


विष्टले नेपालका ७० लाख भन्दा बढी युवा विश्वका १ सय ७५ देशमा श्रमिकको रुपमा विदेखिएको बताउँदै त्यसलाई रोक्न सरकारले विशेष कार्यक्रम ल्याउने बताए । ‘अहिले वार्षिक ५ हजार भन्दा बढी युवा प्रत्येक वर्ष विदेशिनुपर्ने बाध्यता छ,’ उनले भने ‘त्यसलाई रोकेर स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु अहिलेको सरकारको महत्वपूर्ण मुद्दा हो ।’


युवा शक्तिलाई नरोकी देशको आर्थिक विकास असम्भव भएको मन्त्री विष्टले बताए । आर्थिक विकास नहुँदा अन्य देशले नेपाललाई हेपेको भन्दै अहिलेको दुई तिहाइ भन्दा बढी मत प्राप्त शक्तिशाली सरकारले आर्थिक विकास गरी देशको गौरवलाई उच्च पार्नु प्रमुख चुनौती भएको बताए ।


एमाले सचिव समेत रेहका मन्त्री विष्टले आगामी बैशाख ९ गते एमाले र माओवादी केन्द्रको विच औपचारिक रुपमा एकीकरण हुने बताए । उनले टुक्राटुक्रा भएका कम्युनिष्टलाई एकै ठाउँमा ल्याएर देशको सर्वशक्तिमान पार्टी बन्नु ठूलो उपलब्धी भएको बताए ।


कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, एमाले केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्री, धनकुटाका सांसद राजेन्द्र राईलगायतले बोलेका थिए ।


प्रकाशित : चैत्र २४, २०७४ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?