२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ट्याङकी विस्फोट हुँदा १ को मृत्यु, ९ घाइते

लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योगमा कार्यरत एक भारतीय मजदुरको मंगलवार मृत्यु भएको छ । सख्खरको लेदो जमाइने (मलासीस) ट्याङकी विस्फोट भएर ठेगाना नखुलेका ४५ बर्षीय भारतीय नागरिक राम सनेहीको मृत्यु भएको प्रहरीले जनाएको हो । ९ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

ट्याङकी विस्फोट हुँदा १ को मृत्यु, ९ घाइते

गम्भीर घाइतेहरुलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा थप उपचारको लागि भर्ना गरिएको छ । एक जना समान्य घाइतेको कलैया अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीका अनुसार पर्सा जिल्ला कालिकामाई गाउँपालिका २ भेडियारीका ४५ वर्षीय प्रेम राउत बरै, कलैया उपमहानगरपालिका २४ का ३५ वर्षीय रमेशप्रसाद यादव, वडा १२ का ३८ वर्षीय देवनारायण महतो, महागढीमाई नगरपालिका वडा ११ मधुरीजब्दीका ४५ वर्षीय नागेन्द्र ठाकुरसहित अन्य घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र २७, २०७४ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?