२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मोटरसाईकलको ठक्करले किशोरीको मृत्यु, चालकबिरुद्ध ज्यान मुद्दा चलाउने तयारी

कमल पन्थी

बर्दिया — तिब्र गतिमा चलाएको मोटरसाईकलको ठक्करबाट घाइते भएकी एक किशोरीको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको छ । 

मोटरसाईकलको ठक्करले किशोरीको मृत्यु, चालकबिरुद्ध ज्यान मुद्दा चलाउने तयारी

गुलरिया वाईपास चोक नजिक भे३प १९५० नम्बरको ठक्करले १२ वर्षिया किशोरी स्वस्तीका थारुको मृत्यु भएको प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।


गुलरिया—८ कि थारुलाई ठक्कर दिई फरार भएका सवारी चालक १४ वर्षीय किरण दसौदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी अनुमतिपत्र नभएका दसौदी माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २८, २०७४ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?