कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत 

रवीन्द्र उप्रेती

महोत्तरी — प्रदेश–२ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले बलात्कारका घटनाका दोषीलाई फाँसीको सजाय दिनुपर्ने बताएका छन् । कडा कानुन नबनेसम्म बलात्कारीलाई तह लगाउन नसकिने उनले बताए । 

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत 

श्रृङखलावद्ध रुपमा भैरहेका महिला हिंसाका घटनाका पछाडि फितलो कानुन पनि एउटा कारण भएको उनको तर्क थियो ।


एकडारा गाँउपालिका–स्थित भंगैहामा बुधबार साँझ आयोजना गरिएको सम्मान कार्यक्रममा संचारकर्मीको प्रदेशका महिला हिंसा सम्बन्धि प्रश्नको जवाफ दिदै राउतले बलत्कारीलाई फाँसीको ब्यवस्था नगरेसम्म ‘महिला अस्मिता’को सुरक्षा हुन नसक्ने बताएका हुन । ‘फाँसीको कुरा उठाएर मैले संविधान र मानवअधिकारको खिलाफ गर्न खोजेको पनि हैन,’ उनले भने, ‘तर घटनाक्रमलाई हेर्दा ‘रेप’ जस्तो जघन्य अपराधका दोषीलाई फाँसीको सजाय शिवाय केहीले तह लगाउन सक्दैन ।’


मुख्यमन्त्री राउतले निर्वाचनपछि अपराधको ग्राफ बढ्नुको अर्को कारणमा अधिकारका लागि प्रदेश र संघिय सरकारबिच चलिरहेको द्वन्द्वको अवस्थालाई भएको बताए । ‘चुनावपछि प्रदेश सरकार गठन भयो तर अपराध नियन्त्रणका लागि प्रदेश मातहत न प्रहरी छ, न प्रशासन,’ उनले भने । त्यँही कारण अधिकारविहीन प्रदेश सरकारले जनताले अपेक्षा गरेजस्तो सुरक्षा दिन नसकेको उनले दाबी गरे ।


अधिकार माग्ने प्रदेश र दिन नचाहने संघिय सरकारका कारण उत्पन्न संक्रमणले पनि आपराधिक प्रवृतिले प्रश्रय पाएको राउतले बताए । ‘यो संक्रमणकालीन अवस्था अन्त्य नभएसम्म न त हामीलाई प्रहरी प्रशासनले टेर्छन्, न हामी चाहेजस्तो काम गर्न सक्छौ,’ उनले भने ।


प्रदेश सरकारले बुधबार ल्याएको नीति तथा कार्यक्रममा छोरीको शिक्षामा जोड दिएको भन्दै महिला शिक्षाका लागि विशेष प्रकारको सुविधा राखिएको बताए । प्रदेश २ मा छोरी जन्मने वित्तिकै जीवन विमा गरिदिने सरकाले नीति ल्याएको रावतले बताए । ‘मधेशमा छोरी ‘भार’ नहोउन् भनेर बीमाको नीति ल्याएका हौ, महिलालाई अगाडी नबढाए प्रदेशलाई १ नम्बर बनाउने अभियान अघि बढ्न सक्दैन,’ उनले भने । ‘त्यसैले म भन्छु बलात्कारीबिरुद्ध कडा कानुन बन्नुपर्छ । अपराधीमा भय बढोस् महिलाले सुरक्षा महशुस गरुन र प्रदेशको विकास निर्माणमा निर्भिकतासाथ लाग्ने बातावरण सृजना होस् ।’

प्रकाशित : चैत्र २९, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?