नवनियुक्त महानिरिक्षकहरुलाई दर्ज्यानी चिह्न प्रदान 

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाली प्रहरीका नवनियुक्त महानिरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरिक्षक सैलेन्द्र खनाललाई गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव प्रेमकुमार राईले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नवनियुक्त महानिरिक्षकहरुलाई दर्ज्यानी चिह्न प्रदान 

मंगलबारको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीकाे डिआईजी वरियतामा एक नम्बरमा रहेका खनाललाई महानिरिक्षकमा र सशस्त्र तर्फ एअाईजी शैलेन्द्र खनाललाई बढुवा गर्ने निर्णय गरेको थियो ।


निवर्तमान महानिरिक्षक प्रकाश अर्यालसँगै अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधीका कारण बुधबारबाट अवकाश पाए पछि डिअाईजीबाट खनाल सिधै महानिरिक्षकमा बढुवा भएका हुन्।

यस्तै सशस्त्रका महानिरिक्षक सिंहबहादुर श्रेष्ठले पनि ३० वर्षे सेवा अवधीका कारण बुधबारदेखि नै अवकाश पाएका थिए ।

प्रकाशित : चैत्र २९, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?