कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विद्यार्थीले हेरे चरा  

अब्दुल्लाह मियाँ

काठमाडौँ — हरेक वर्षको वैशाख पहिलो साता वन्यजन्तु सप्ताह मनाइन्छ । यो पटक पनि शनिबारदेखि ‘समृद्धिका लागि वन्यजन्तु’ नाराका साथ सप्ताह सुरु भएको छ । 

विद्यार्थीले हेरे चरा  

देशभरका निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रसहित काठमाडौंमा वन तथा वातावरण मन्त्रालयमातहतको राष्ट्रिय निकुञ्ज विभागले संरक्षण सहयोगी संस्थाहरुसँग मिलेर वन्यजन्तु र चराचुरुंगी संरक्षणसम्बन्धि विविध जनचेतनामूलक कार्यक्रम अघि बढाएको छ ।


सप्ताहको दोस्रो दिन आइतबार वन विज्ञानका विद्यार्थी, चराप्रेमी र संरक्षणकर्मीहरुले ३ सय भन्दा बढी चराका प्रजातिको बासस्थान गोदावरी–फुलचोकीमा चरा अवलोकन (बर्ड वाचिङ) का साथै चरा पहिचान गरे ।


नेपाल पन्छी संरक्षण संघ (बीसीएन) ले संयोजन गरेको चरा अवलोकनमा काठमाडौं फरेष्ट्री कलेज (क्याफकल) मा वन विज्ञान पढ्ने विद्यार्थीदेखि चराप्रेमी र संरक्षणकर्मी ओइरिए ।


करिब तीन घण्टाको चरा अवलोकनमा विज्ञ र विद्यार्थीले ७० प्रजातिका चरा र तिनको आवाज पहिचान गरे । विद्यार्थी र चराप्रेमीलाई तीन वटा समूह बनाएर चरा अवलोकनका साथै पहिचान गराइएको बीसीएनका चराविज्ञ ज्योतेन्द्रज्यू ठकुरीले कान्तिपुरलाई बताए ।


ठकुरीका साथै बीसीएनका महासचिवसमेत रहेका विमल थापा र टेक घर्ती मगरले विद्यार्थी र चराप्रेमीलाई चरा पहिचान गर्न सघाए । क्याफकल कलेजका भाइस प्रिन्सिपल तथा बाघविज्ञ डा.झमकबहादुर कार्कीले डिप्लोमा र ब्याच्लर लेभलका विद्यार्थीलाई चरा बुझुन भनेर अवलोकनमा सहभागी गराएको बताए ।

प्रकाशित : वैशाख २, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?