कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रिसको झोकमा प्रेमिकाको हत्या, प्रेमी पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — ढुंगा प्रहार गरी आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर, टेकुले विजय तामाङलाई प्रकाउ गरेको छ ।

रिसको झोकमा प्रेमिकाको हत्या, प्रेमी पक्राउ

आइतबार राति बसुन्धराको सुकुम्बासी टोलमा ढुंगा प्रहार गरी एक युवतीको हत्या भएको थियो । प्रहरीले उक्त हत्या लिभिङ टुगेदरमा बस्दै आएका उनकै प्रेमी विजय तामाङले गरेको ठहर गरेको छ ।

परिसरले मृतक युवतीको नाम पूर्णिमा बिक रहेको बताउँदै उनको स्थायी ठेगाना यकिन नभएको बताएको छ । प्रहरीका अनुसार पूर्णिमा र विजय पछिल्लो केही महिना यता सुकुम्बासी वस्तीमासँगै बस्दै आएका थिए ।

सामान्य ज्याला–मजदुरी गर्ने उनीहरुले आइतबार राति सँगै मदिरा पिएर फर्किने बेलामा युवती कोठामा जान नमानेपछि विजयले ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार आरोपीले समेत अपराध स्वीकार गरी सकेका छन् ।


पछिल्लो केही साता यता युवती नियमित कोठामा नजाने गरेपछि आफूहरुबीच मनमुटाव बढेको विजयले बताएको प्रहरीले जानकारी दिएको छ । महानगरिय प्रहरी वृत्त महाराजगंजले हत्याको घटनामा संग्लन रहेको आशंकामा सोमबार बिहानसम्म आठ जनालाई नियन्त्रणमा लिएको थियो ।


प्रकाशित : वैशाख ३, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?