२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

१० महिनासम्म भत्केको सडक नबन्दा घण्टाैं जाम 

नारायण शर्मा

नवलपरासी — व्यस्त महेन्द्र राजमार्गको दाउन्ने खण्डमा भाँसिएकाे सडक १० महिना सम्म मर्मत  नहुँदा दिनहुँ सास्ती हुँदै अाएकाे छ । 

१० महिनासम्म भत्केको सडक नबन्दा घण्टाैं जाम 

दाउन्ने पहाडको एस मोड नजिक गत असारमा भासिएको सडक अझै मर्मत नहुँदा घण्टाै‌ जामले राजमार्गमा हैरानी भएको हो । पहाडी खण्ड दाउन्नेमा १४ किलोमिटर क्षेत्र साघुरो र घुमाउरो सडक छ ।

गत असारमा एस मोडबाट एक किलोमिटर पुर्वमा २ सय मिटर सडक भासिएर त्यतिबेला ५ दिन यातायात अवरुद्ध भएको थियो । डाइभर्सन निमार्ण गरेर सुचारु गरिएको सडक मर्मत गर्न डिभिजन सडक कार्यालयले चासो देखाएको छैन । बर्षातका बेला बिग्रिएको सडक मर्मतमा चासो नदिदा दैनिक घण्टौ सडक जाम हुने गरेको छ ।

बिग्रिएको सडकमा साघुरो र खाल्टा खुल्टी छन् । धुलो उडेर अगाडि पछाडिका गाडी नदेखिने भएकाले दुर्घटनाको जोखिम बढेको छ । सडक पार गर्न घण्टौंसम्म गाडीले पालो कुर्नु पर्ने बाध्यता छ ।

पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले २ साताअघि जिल्ला विपद् ब्यबस्थापन समितिले तत्काल दाउन्नेमा बिग्रिएको सडक मर्मतका लागि डिभिजन सडक कार्यालय बुटवललाई पत्राचार गरेको बताए । टेलिफोनबाट सडक डिभिजन प्रमुखलाई पटक पटक ताकेता गर्दा जहिलेपनि टेण्डरको प्रकृयामा रहेको मौखिक जानकारी दिने तर काम नथाल्ने गरेको उनले बताए । मर्मतका लागि डिभिजन कार्यालय र मन्त्रालयमा पत्र पठाउने प्रजिअ मरासिनीले बताए ।

पल्टिएको ट्रक नउठाउँदा घण्टौ जाम

दाउन्ने खण्डको दुम्किवास तर्फ ४ दिन अघि सडकमा पल्टिएको ट्रक नहटाउँदा घण्टौ जाम हुने गरेको छ ।

ग्यास बोकेर आएको भारतीय २२ चक्के ट्रक दुम्किवास र घ्यूखोलाको नजिकमा पल्टिएको हो । उक्त गाडीले पुरै सडक ढाकेको छ ।

आपतकालीन यातायात संचालनकालागि दक्षिणपट्टीबाट डाइभर्सन निर्माण गरिएपनि धुलोका कारण समस्या बढेको छ । सडकमा पल्टिएको गाडी हटाउन क्रेन र डोजरको खोजी भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७५ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?