१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मोटरसाइकलको ठक्करबाट एमाले प्रमुख सचेतक लामा घाइते

अर्जुन शाह

धनगढी — मोटरसाइकलकाे ठक्करबाट प्रदेश ७ का एमाले प्रमुख सचेतक तारा लामा तामाङकाे खुट्टा भाँचिएको छ । 

मोटरसाइकलको ठक्करबाट एमाले प्रमुख सचेतक लामा घाइते

धनगढीस्थित भौतिक योजना तथा पूर्वाधार मन्त्रालयबाट बाहिर निस्केका उनलाई सडकमा मोटरसाइकलले ठक्कर दिदा बाँया खुट्टा भाँचिएको हो । उनलाई उपचारका लागि अपरान्ह्र काठमाडौं लगिएको छ ।


से ४ प ५०९१ नम्बरको मोटरसाइकल चालक अछाम साफेबगर नगरपालिका–३ का शैलेन्द्र कुवरले लामालाई ठक्कर दिएका हुन् । प्रदेशसभा बैठक पछि मन्त्रालयमा छलफल सकेर बाहिर निस्कका उनलाई एक्कासी मोटरसाइकलले ठक्कर दिएको प्रदेश ७ का एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले बताए । उनी कञ्चनपुर निर्वाचन–१ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मोटरसाइकल चालक कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


मोटरसाइकलको ठक्करबाट घाइते भएपछि उपचारका लागि काठमाडौं लगिदै प्रदेश ७ एमाले प्रमुख सचेतक तारा लामा तामाङ ।

प्रकाशित : वैशाख ३, २०७५ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?