१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

इन्धनको मूल्य पुन: बढ्यो 

एक महिनामा प्रतिलिटर ४ रुपैया बढ्यो 
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मुल्य यथावत
राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि सोहीअनुसार मुल्य समायोजन गरेको निगमले जनाएको छ । 

इन्धनको मूल्य पुन: बढ्यो 

‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयामुल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलको १ रुपैयाँ, डिजेल र मट्टिलेलको मुल्यमा २/२ रुपैयाँ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ ।’


नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मुल्य १ सय ६ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ८७/८७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यसघि प्रतिलिटर पेट्रोलको मुल्य १ सय ५ रुपैयाँ, डिजेल ८५, मट्टितेल ८५ रुपैयाँ थियो । नयाँ मुल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ९१ पैसा नाफा छ । डिजेलमा भने पैसा घाटा छ । डिजेलमा प्रतिलिटर ०.७६ रुपैयाँ घाटा रहेको प्रवक्ता गोइतले बताए ।


निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मुल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९५ रुपैयाँ छ । हवाई इन्धन अन्र्तराष्ट्रियतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ ।


निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वाचित मुल्य लागु गरेको थियो । स्वचालित मुल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । निगमले सोहीअनुसार मुल्य समायोजन गर्दै आएको छ । यसअघि २ अप्रिलमा पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको थियो । अप्रिल १५ सम्म पाक्षिक नाफा २० करोड रुपैयाँ थियो । नयाँ मुल्यसुची अनुसार पाक्षिक नाफा २१ करोड २३ लाख रुपैयाँ पुगेको जनाएको छ ।



प्रकाशित : वैशाख ३, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?