२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नयाँ वर्ष सुखद रहोस् : अमेरिकी राष्ट्रपति

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्ष २०७५ का अवसरमा विश्वभरका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । 

नयाँ वर्ष उत्साहप्रद र सुखद रहोस् भन्ने कामनासहित उनले नेपालको समृद्धि यात्रामा अमेरिकी सहकार्यको प्रतिबद्धतासमेत गरेका छन् ।

नयाँ वर्ष सुखद रहोस् : अमेरिकी राष्ट्रपति

‘गत वर्ष नेपालले धेरै काम सम्पन्न गरेको छ । शान्ति र सफलतापूर्वक निर्वाचन सम्पन्न गरी समृद्धिका लागि अघि बढेको छ,’ ट्रम्पका तर्फबाट कार्यवाहक विदेशमन्त्री जोन जे. सुलिभानले जारी गरेको सन्देशमा उल्लेख छ ।


नयाँ वर्षमा नेपालको समृद्धि र विकासका लागि दुई देशबीच थप गहन सहकार्य हुने वक्तव्यमा उल्लेख रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । ट्रम्पले विश्वभर र अमेरिकामा रहेका प्रवासी नेपालीसमेतलाई सम्बोधन गर्दै नेपाली नयाँ वर्ष मनाउँदा अमेरिकी संस्कृति र समाजसमेत सम्मानित भएको उल्लेख गरेका छन् । यसअघि राजदूत अलैना वि टेप्लिट्जले पनि टिवटरमार्फत यस्तै शुभकामना सन्देश व्यक्त गरेकी थिइन् ।



प्रकाशित : वैशाख ३, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?