३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अपराध महाशाखा प्रमुखमा एसएसपी धीरजप्रताप

काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखा, टेकुमा एसएसपी धीरजप्रताप सिंहलाई ल्याइएको छ ।नेपाल प्रहरीको महानिरिक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै प्रदेश एकाई प्रहरी कार्यालयबाट सिंहको अपराध महाशाखामा काज सरुवा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अपराध महाशाखा प्रमुखमा एसएसपी धीरजप्रताप

३३ किलो सुन काण्डका कारण विवादमा परे पछि सिंहकै ब्याचमेट दिवेश लोहनी महाशाखा प्रमुखबाट हटाइएर प्रधान कार्यालयमा तनिएका थिए । त्यसपछि महाशाखा प्रमुख विहिन भएको थियो ।


सिंहले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तादेखी पर्सा र दाङको प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । पर्सा र दाङमा हुँदा उनले गरेका कामकारवाहीको जनस्तरबाटै प्रसंसा हुने गरेको छ ।


विगत केही समय यता राजधानीलाई नै केन्द्र बनाएर भइरहेको सुन तस्करी लगायत सांगठनिक अपराध नियन्त्रण गर्नका लागि उनलाई अपराध महाशाखामा ल्याइएको स्रोतले बताएको छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?