कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबीच छलफल भएको थियो । सोमबार नै बसेको एमाले स्थायी समितिको बैठकले बैशाख ९ गतेलाई तोकिएको पार्टी एकता कार्यक्रमलाई पर धकेल्न नहुने निष्कर्ष निकालेको थियो ।

एमाले र माओवादी पार्टीको केन्द्रीय समितिमा कुन दलको कति हिस्सा रहने भन्ने मुख्य विवाद छ। त्यसबाहेक चुनाव चिन्ह र जनयुद्ध शब्द राख्ने नराख्ने भन्नेमा पनि केही विवाद छ। तर मुख्य विवाद संख्यामा छ। त्यसका लागि माओवादीले ५०र५० प्रतिशत राख्नुपर्ने माग गरेको छ।

एमालेले विगतमा ६० र ४० प्रतिशत सम्मको मात्र भागवन्डा भएकाले पार्टीको पोजिसन अनुसार नै एकता हुनुपर्नेमा जोड दिएको छ। केन्द्रीय समिति बराबरी बनाउनेमा एमाले लचक छैन। माओवादीले भने फरक धारका कम्युनिष्टबीचको एकता भएकाले समान हैसियतमा हुनुपर्ने दवाव दिएको छ।


पछिल्लो समय दुबै दलका नेताको कायैशैलीका कारण पनि केही समस्या थपिएका छन्। सचिव सरुवा लगायतका बिषयमा प्रधानमन्त्रीले एकलौटी गरेको भन्ने लगायतका बिषयमा माओवादीको मुख्य असन्तुष्टि छ। फरक पार्टीको अस्तित्व रहेकै बेलामा प्रधानमन्त्रीले वास्ता नगरेकोले पार्टी एकता नै भएपछि झन् बढी एकलौटी गर्ने सक्न बुझाई माओवादीको छ। त्यसैले उनीहरु पार्टी भित्र समान हैसियत र संख्यामा आफ्नो उपस्थिति जनाउन चाहेका छन्।

तस्बीर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय


प्रकाशित : वैशाख ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?