१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गएराति हराएकी किशोरी आज बिहान मृत भेटिइन्

अमृता अनमोल

बुटवल — रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् ।
१४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।

गएराति हराएकी किशोरी आज बिहान मृत भेटिइन्

हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।


घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी किशोरीलाई आज बिहान साढे ८ बजेतिर खेतमा मृत अवस्थामा स्थानीयले देखेका थिए । अहिले भरखरै प्रहरी घटनास्थलमा पुगेको छ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बालिकाको हत्या के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए । किशोरीको मुख र खुट्टामा चोट लागेको छ । उनको गुप्तांगबाट समेत रगत निस्केको छ । स्थानीयले बलत्कार पछि उनको हत्या भएको दाबी गरेका छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?