१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नाम मिल्दा निर्दोष जेल !

पर्वत पोर्तेल

काँकडभिट्टा — अभियुक्तसँग नाम मिल्दा एक जना  व्यक्ति जेल परेका छन् ।  झापा मेचीनगर ६ का ३५ वर्षीय श्याम थापालाई जिल्ला अदालत झापाले सोमबार जेल सजाय फैसला गरेको छ । 

नाम मिल्दा निर्दोष जेल !

अदालतले उनलाई ६ महिना कैदसहित २६ लाख ९९ हजार रुपैयाँ जरिवाना समेत तोकेको छ । परिवारले उनी निर्दोष रहेको दावी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै श्यामका दाजु केदारले घटनाबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको भन्दै आपत्ती जनाए ।

२०६४ जेठ २२ गते तत्कालिन टाघनडुब्वा २ स्थित गुलाम रसुल मियाँको घरबारी परिसरबाट प्रहरीले १ हजार ६ सय ८७ किलो रक्त चन्दन बरामद गरेको थियो । उक्त घटनामा तत्कालिन मेचीनगर १० निवासी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो । अदालतले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो ।

घटना हुँदा भाई वैदेशिक रोजगारीमा कतार रहेको दाजु केदारले बताए । विदेशबाट आएर ट्याम्पो चलाएर जीविका चलाउदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट पक्राउ गरिएको थियो ।

झापाका एसपी विष्णु केसीले अदालतको आदेशमा थापालाई पक्राउ गरिएको र अदालतले जेल चलान गरेको बताए । उनले भने,‘यदि व्यक्ति निर्दोष हो भने कानुनी उपचार खोज्नु पर्‍यो । ’

प्रकाशित : वैशाख ४, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?