१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राष्ट्रपतिको शपथबारे रिट निवेदन खारेज 

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको शपथको वैधतामाथि प्रश्न उठाई दायर भएको रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले गत चैत १४ गते अधिवक्ताहरु हेममणी सुवेदी र नारायण खरेलले दर्ता गरेको निवेदन खारेज गरेको हो । 

राष्ट्रपतिको शपथबारे रिट निवेदन खारेज 

गत फागुन ३० गते न्यायपरिषदले पत्र पठाई निवर्तमान प्रधानन्यायाधीश पराजुली गत साउन २१ गते नै पदमुक्त भइसकेको जानकारी गराएको थियो । तर त्यस्तो पत्राचारपछि समेत राष्ट्रपति कार्यालयले पदमा नरहेका निवर्तमान प्रधानन्यायाधीश पराजुलीबाट शपथ खुवाएको भन्दै त्यसको खारेजीको माग सहित सर्वोच्च अदालतमा निवेदन परेको हो ।


मंगलवार बहसका क्रममा निवेदकहरु सुवेदी र खरेल लगायतले निवर्तमान प्रधानन्यायाधीश पराजुलीले बदनियतका साथ पदावधि लम्ब्याउन खोजेको भन्दै ‘उच्च नैतिक चरित्रयुक्त’ हुनुपर्ने पदासिन व्यक्तिबाट त्यस्तो अपेक्षा नराखिएको बताए ।

उनीहरुले राष्ट्रपतिले फेरि शपथ लिनका लागि आदेश जारी हुनुपर्ने र त्यतिञ्जेल कामकारवाही रोक्न अन्तरिम आदेशको माग गरेका थिए । सह–न्यायाधीवक्ता सञ्जिव रेग्मीले भने राष्ट्रपतिले शपथ लिने बेलासम्म न्यायपरिषदबाट प्रेषण भएको पत्रबारे जानकारी नभएको बताएका थिए ।

प्रकाशित : वैशाख ४, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?