कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बैशाख ९ गते एकता घोषणा गर्न नभ्याइने : दाहाल

जनयुद्ध, चुनाव चिह्न लगायतका विषय टुंग्याउन बाँकी
रमेशकुमार पौडेल

चितवन — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाख महिनाभित्रै एमालेसँग एकता हुने बताएका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले केही मुख्य विषय टुंग्याउन बाँकी रहेका कारण बैशाख ९ गते एकता घोषणा हुन नसक्ने उनले बताए ।

बैशाख ९ गते एकता घोषणा गर्न नभ्याइने : दाहाल

जनयुद्ध, चुनाव चिह्न र एकताको मोडालिटी अर्थात केन्द्रीय समिति, प्रादेशिक समितिको गठन विधिका विषय नटुंगिएको उनले बताए । यी विषय अध्यक्ष तहमा नै टुंग्याउन कार्यदलले सिफारिस गरेको र हिजो मंगलबारबाट मात्रै छलफल सुरू भएका कारण ९ गते नभ्याइने भएको दाहालले बताए ।

अध्यक्षबीच छलफल सुरू चाँडै हुने र नयाँ मिति घोषणा गर्ने उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?