सिन्डिकेट खारेजको विरोध यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा

काठमाडौँ — सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ ।

सिन्डिकेट खारेजको विरोध यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा

बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । अनिश्चितकालीन यातायात बन्दलगायत कार्यक्रम उसले घोषणा गरेको छ । वैशाख २१ गतेदेखि महासंघले आन्दोलन गर्ने घोषणा गर्दै २७ देखि अनिश्चितकालीन यातायात बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।


मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघ/संस्था ऐनअनुसार दर्ता भएका यातायात समितिलाई खारेज गरेपछि यातायात व्यवसायी झनै आक्रोशित भएका छन् । मन्त्रिपरिषद् बैठकले यातायात व्यवसायीले अब उप्रान्त कम्पनीमा दर्ता भई यातायात सञ्चालन गर्न निर्णय गरेको छ । साथै, जिल्ला प्रशासन कार्यालयबाट दर्ता तथा नवीकरण नगर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित : वैशाख ५, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?