मालिन्दो एयरको विमान रनवेभन्दा बाहिर पुगेपछि विमानस्थल बन्द

सुरज कुवँर

काठमाडौँ —  काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । 

मालिन्दो एयरको विमान रनवेभन्दा बाहिर पुगेपछि विमानस्थल बन्द

विमानस्थल बन्द भएकोले अवतरणको लागि अाएको चाइन साउर्थन, जेट फ्लाई, दुवई र मलेसियन एयरलाइन्सको विमानमध्ये तीन वटा कलकत्त र एउटा दिल्ली डाइभर्ट गरिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मालिन्दो एयरको विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न सुरु गरिएको छ । यात्रुहरु बाहिर निकालिएपछि मात्र विमानस्थल खोल्ने उनले बताएका छन् ।

काठमाडौं‌बाट उड्नु पर्ने सात वटा उडान पनि प्रभावित भएको छ । विमानस्थल स्रोतका अनुसार कुल १६ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।


के कारणले उक्त विमान रनवेभन्दा बाहिर पुगेको भन्ने बारेमा जानकारी हुन सकेको छैन । विमानभित्र के कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी आएको छैन । उक्त विमान काठमाडौंबाट ९.४५ मा उड्नु पर्ने थियो ।


प्रकाशित : वैशाख ६, २०७५ २३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?