१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विस्फोटक पदार्थसहित विप्लवका विद्यार्थी नेता पक्राउ

राजकुमार कार्की

सिन्धुली — प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थसहित नेकपा (विप्लव समूह) का दुई जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । शुक्रबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट पक्राउ गरि प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

विस्फोटक पदार्थसहित विप्लवका विद्यार्थी नेता पक्राउ

जिल्ला प्रहरी कार्यालयबाट गएको गस्ती टोलीले हरिहरपुरगढी गाउँपालिका ६ को कौवाडाडाबाट विस्फोटक पदार्थ तथा अन्य सामाग्री सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका १० का २२ वर्षीय राजन बस्नेत र हरिहरपुरगढी गाउँपालिका ७ का पूर्णबहादुर भुजेल रहेका छन् । बस्नेत उक्त समूहका विद्यार्थीका केन्द्रिय सदस्य हुन् भने भुजेल जिल्ला अध्यक्ष छन् ।


उनीहरुको साथबाट प्रहरीले जिलेटिन–(नियोजेल ९०) ५७ वटा, डेटकर्ड तार २ मीटर, डिजिटल मल्टिमीटर २ थान, डेटोनेटर ३ पीस, कैंची १ थान, मोबाइल २ थान, बा ३८ प ४२८६ नम्बरको पल्सर मोटरसाइकल, क्यानखोला नियन्त्रण उपभोक्ता समितिको छाप, नगद तीनहजार ८ सय बरामद गरिएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।


धरान–चतरा हुँदै मकवानपुरको हेटौंडा जोड्ने सडक निर्माण कम्पनीका सवारी साधनमा उक्त समूहका कार्यकर्ताले चैत्र १९ गते विष्फोटन र आगजनी गरेका थिए ।


मरिण गाउँपालिकामा रहेको एनसेलको टावर तथा जनप्रतिनिधिहरुलाई राजिनामा दिन धम्की सहितको पत्र विप्लव समूहले गर्न थालेपछि ‘सर्च एण्ड एरेष्ट’को रणनीति लिएर रेकी गर्दै उनीहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी शर्माले बताए । प्रहरीले यसअघि सोही समूहका तीनजनालाइ पक्राउ गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?