कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

युवा सांसद्‌ १ सय ७० मात्र

रासस

काठमाडौँ — संसद्‌मा १४.४९ प्रतिशत सांसद मात्र युवा निर्वाचित भएका छन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशत मात्र युवा निर्वाचित भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए ।

युवा सांसद्‌ १ सय ७० मात्र

कूल ८८४ सांसदमध्ये १७० जना मात्रै युवा सांसद निर्वाचित भएका छन् । तीमध्ये संघको प्रतिनिधिसभामा ३६ र राष्ट्रियसभामा चार तथा प्रदेशसभामा १३० जना गरी कूल १७० जना युवा सांसद रहेका छन् । जसमा प्रतिनिधिसभामा १३.०९ प्रतिशत, राष्ट्रियसभामा ६.७७ प्रतिशत र प्रदेशसभामा २३.६३ प्रतिशत युवा सांसद बनेका छन् । उनका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १४ जना र समानुपातिकतर्फ २२ जना सांसद युवा रहेका छन् ।


यसैगरी प्रदेशतर्फ ६२ जना प्रत्यक्ष र समानुपातिकतर्फ ६८ जना युवा सांसद रहेका छन् । प्रतिनिधिसभामा २७५, राष्ट्रियसभामा ५९ र प्रदेशसभामा ५५० जना सांसद निर्वाचित भएका छन् ।


सबभन्दा बढी प्रदेश नं २ बाट ३५ जना युवा सांसद रहेका छन् भने कम प्रदेश नं ६ बाट ११ जना रहेका छन् ।


यस्तै स्थानीय तहमा निर्वाचितमध्ये ३९.६४ प्रतिशत जनप्रतिनिधि युवा रहेका छन् । जसमा १३ हजार ८९३ जना युवा जनप्रतिनिधि रहेका छन् । नगरप्रमुख ५२, उपप्रमुख १११, अध्यक्ष ११२ र उपाध्यक्ष २३७ र दुई हजार ३६ जना वडाध्यक्ष रहेका छन् ।


स्थानीय तहमा सबभन्दा बढी दलित महिला सदस्य युवा रहेका छन् । ५४.८५ प्रतिशत दलित महिला सदस्य युवा रहेको उपाध्यक्ष ढुंगेलले बताए । यस्तै तीन हजार ६०२ जना अर्थात् ५१.५२ प्रतिशत उपाध्यक्ष युवा रहेका छन् ।

प्रकाशित : वैशाख ८, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?