३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लेनिनको फोटो नराखेको भन्दै सभागृहको कार्यक्रममा हुटिङ

काठमाडौँ — नेपालमा कम्युनिस्ट पार्टी स्थापना तथा भीआई लेनिनको जन्मजयन्तीका अवसरमा आइतबार सभागृहमा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताले हुटिङ गरेका छन् ।

लेनिनको फोटो नराखेको भन्दै सभागृहको कार्यक्रममा हुटिङ

कार्यक्रममा लेनिनको तस्बिर नराखेको भन्दै हुटिङ भएपछि ब्यानर नै हटाइएको छ । आयोजकले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको पृष्ठभूमि तस्बिरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर भएको ब्यानर राखेको थियो ।

सभागृहमा स्थिति तनावपूर्ण हुने भएपछि ब्यानर हटाइएको छ । ब्यानर हटाएपछि स्थिति साम्य भएको छ ।


भिडियो तथा तस्विरहरु: एलिट जोशी/कान्तिपुर ।


लेनिनको फोटो व्यानरमा नराखेको भन्दै आक्रोशित कार्यकर्ता हुटिङ गर्दै । कार्यकर्ताको चर्को विरोध पछि व्यानर हटाइदै । कार्यकर्ताको चर्को विरोध पछि व्यानर हटाइदै ।

प्रकाशित : वैशाख ९, २०७५ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?