कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मोदीको जनकपुर भ्रमण तयारीका लागि भारतीय राजदूतले मुख्यमन्त्री भेटे

सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भारतीय राजदूत मंजीव सिंह पुरी बीच शिष्टाचार भेट भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ भेटघाट भएको हो । करिब ४५ मिनेट चलेको भेटघाटको क्रममा भारतीय राजदूत पुरीले मुख्यमन्त्री राउतलाई बधाई दिएका छन् ।

मोदीको जनकपुर भ्रमण तयारीका लागि भारतीय राजदूतले मुख्यमन्त्री भेटे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा जानकी मन्दिर दर्शन र जनकपुर आउने बारे विषयमा भारतीय राजदूत पुरीले जानकारी गराएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


नेपाल भ्रमणमा आउन लागेका मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय पक्षका अधिकारीबीच छलफल भएको हो ।


जनकपुर स्थित जानकी मन्दिरको दर्शन र सम्बोधन गर्ने स्थान, सुरक्षा अवस्था र भ्रमणको तयारी गर्न १८ सदस्सीय नेपाल स्थित भारतीय दुतावासका अधिकारी र गृह मन्त्रालयका अधिकारीको टोली जनकपुरमा आइतबार स्थलगत अध्ययन गरी फर्केको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

प्रकाशित : वैशाख ९, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?