कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

३३ किलो सुन प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला नियन्त्रणमा

जनकराज सापकाेटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको ३३ किलो सुन प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौलालाई नियन्त्रणमा लिइएको छ । गृह मन्त्रालयले गठन गरेको विशेष छानबिन टोलीले आइतबार बयान लिइसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

३३ किलो सुन प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला नियन्त्रणमा

स्रोतका अनुसार पूर्वडिआईजी निरौलालाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उनलाई भोलि बिहान विराटनगर पठाउने तयारी छ ।


विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन काठमाडौंबाटै हराएपछि तस्कारीमा संलग्न समूहबीच फाटो आएको थियो । सोही क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो । हत्याको प्रकरण बाहिरएपछि सुन विमानस्थलबाट बाहिरिएको रहस्य खुलेको खुलेको थियो ।


उच्च स्रोतका अनुसार मृतक शाक्यलाई तस्करी समूहले कुटपिट गरी करेन्ट लगाएर हत्या गरेका थिए । उक्त हत्याको घटनाको भिडियो पनि खिचिएको थियो । कुटपिटका क्रममा शाक्यले निरौलाको नाम पनि ‘पोले’ का थिए ।


सुन तस्करीको उक्त घटनामाथि महानगरीय प्रहरी अपराध महाशाखाले छानबिन प्रक्रिया अगाडि बढाउको थियो । छानबिन प्रक्रिया अपारदर्शी भएको र मिलेमतो भएको आशंका गर्दै गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले यसअघि नै महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसीसहित ३ जनालाई हेडक्वार्टर तानिसकेको छ ।

प्रकाशित : वैशाख ९, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?