प्रमुख निर्वाचन आयुक्तको घर छेउमा बम विस्फोट

प्रशान्त माली

ललितपुर — हरिसिद्धिमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ ।

प्रमुख निर्वाचन आयुक्तको घर छेउमा बम विस्फोट

आइतबार राति बम विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिए । उनका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन् ।


विस्फोटको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।


घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ ।


प्रकाशित : वैशाख ९, २०७५ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?